म्यानचेष्टर सिटीले बर्नमाउथलाई पराजित गर्दै प्रिमियर लिगको तेस्रो स्थानमा हासिल गर्यो

७ जेठ- काठमाडौं,  म्यानचेष्टर सिटी बर्नमाउथलाई ३१ ले पराजित गर्दै प्रिमियर लिगको तेस्रो स्थानमा हासिल गरेको छ ।
ब्रुएनाले घरेलु मैदानमा अन्तिम खेलमा गोल गर्ने राम्रो अवसर गुमाए ।

खेलमा सिटीका लागि ओमार मार्मुसले सानदार गोल गरे । मार्मुससँगै बर्नार्डो शिल्भा र निको गोन्जालेजले सिटीका लागि गोल गरे । बर्नमाउथका डान जेबिसनले एक गोल फर्काए ।

दुवै टिमका एक-एक खेलाडीले रातो कार्ड पाएपछि दुवैले दश खेलाडीमा सिमित रहेर खेल खेलेका थिए । सिटीका लागि मार्मुसले १४औं मिनेटमा पहिलो गोल गरे । बर्नार्डोले ३८औं मिनेटमा अग्रता दोब्बर पारे । निकोले ८९औं मिनेटमा गोल गरे ।

बर्नमाउथका जेबिसनले इन्जुरी टाइममा सान्त्वना गोल फर्काए । सिटीका माटेओ कोभासिसले ६७औं र बर्नमाउथका लेविस क्कले ७३औं मिनेटमा रातो कार्ड पाएका थिए ।

जितपछि सिटी ३७ खेलमा ६८ अंक जोडेर तेस्रो स्थानमा छ । समान खेलबाट न्युकासल, चेल्सी र एस्टन भिल्लाको समान ६६ अंक छ भने नटिङहम फरेस्टको ६५ अंक छ । यी पाँच टोली शीर्ष पाँचमा रहँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने होडमा छन् । च्याम्पियन लिभरपुल र आर्सनलले भने अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरिसकेका छन् ।

-एजेन्सी

प्रतिक्रिया दिनुहोस्