राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर

२ जेष्ठ- काठमाडौं,  हिंशक आन्दोलन छाडेर शक्तिको आन्दोलनमा लाग्न आह्वान

नशाजन्य पदार्थको उत्पादनमा रोक आवश्यक: शक्तिपुत्रजी महाराज

शिविरको पहिलो दिन

नेपालमा पहिलो पटक आयोजना भएको “राष्ट्र सेवा, शक्ति साधना नशामुक्ति शिविर” को पहिलो दिन आज हजारौंले नशामुक्तिको संकल्प गरेका छन। भगवती मानव कल्याण संगठनले आयोजना गरेको कार्यक्रममा संगठनका संस्थापक–सञ्चालक “धर्मसम्राट युग चेतना पुरुष सद्गुरुदेव परमहंश योगीराज श्री शक्तिपुत्रजी महाराजले नेपालमा नशा पतनको प्रमुख कारण भएको भन्दै नशाजन्य पदार्थको व्यापर बन्द गर्न नेपाल सरकारलाई आह्वान गर्नुभयो । देशमा सरकारले आफै नशाजन्य पदार्थलाइ प्रश्रय दिइरहेको भन्दै यसलाइ नरोकेसम्म देशको समृद्धि सम्भव नहुने औल्याउनुभयो।संगठनले पञ्चज्योति शक्तितिर्थ सिद्धाश्रम धामको आध्यात्मिक चेतना तरंगलाई माध्यम बनाएर विश्वभर लाखौँ मानिस नशामुक्त भएको भन्दै नेपाल बाटसमेत नशामा ग्रसित व्यक्तिहरु ठुलो संख्यामा नशामुक्त भएको दाबी गर्नुभयो ।

नेपाल-भारत सरकारलाइ आग्रह: भ्रष्टाचार उन्मुलनमा संयुक्त कार्यक्रम

नेपाल भ्रष्टाचारका कारण अघि बढ्न नसकेकाले अब भ्रष्टाचार अन्त्यका लागि काम गर्न आग्रह गर्नुभयो ।लामो एवम् छोटो दुरीको सवारीसाधनबाट रकम असुली नेपालमा ठुलो विकृति रहेको उहाँले बताउनुभयो । हरेक क्षेत्रमा भ्रष्टाचार मौलाउँदै गएकाले नेपालको विकासका लागि सहयोग गर्न भारत सरकारलाइ समेत आग्रह गर्नुभयो। नेपाल र भारत सरकार मिलेर संयुक्त रुपमा भ्रष्टाचार उन्मुलनका लागि काम गर्न आग्रह गर्नुभयो।

भक्तजनको ११ संकल्प

शक्तिचेतना जनजागरण शिविरमा श्री शक्तिपुत्रजी महाराजले सहभागिलाई ११ संकल्प गराउनुभयो जसमा नशा, मांशाहारमुक्त चरित्रवान, चेतनावान बनाउनु, पर्यावरणको रक्षा, गौ रक्षा लगायतको संकल्प गराइएको थियो । गलत कर्म गर्ने व्यक्तिलाई कहिल्यै साथ नदिन र आफुसमेत गलत कर्म नगर्न संकल्प गराईएको थियो।

कुण्डलिनी जागरण

यस्तै शक्तिपुत्र महाराजले आत्मिक परिवर्तनका लागि नेपालीहरुका लागि छुट्टै कुण्डलीनि शक्तिको विशेष साधनाको कार्यक्रम प्रदान गर्ने बताउनुभयो। शक्तिसाधना गराउँदै साधनाको रहस्यका बारे अनुभूतिको यात्रामा अघि बढाउने उहाँले प्रतिवद्धता व्यक्त बताउनुभयो ।

बिहानको कार्यक्रम

शिविरको प्रातकालिन समयमा देश विदेशबाट आएका हजारौँ सहभागिहरुले योग ध्यान साधनाको निशुल्क लाभ प्राप्त गरेका थिए । कार्यक्रमका सहभागिहरुलाइ योगाशनका साथै अष्टांग योगका विविध क्रमका वारेमा मार्गदशन गराईएको थियो । पहिलो दिनको योग साधना कार्यक्रमलाई सञ्चालन गर्दै शक्ति स्वरुपा दिदी सन्ध्या शुक्ला ज्यूले योगको वहुआयमिक लाभको विषयमा प्रकाश पार्नुभयो । योग अभ्यास नगर्ने मानिसहरुले आफ्नो स्वास्थ्य माथि आफैँ खेलवाड गरिरहको भन्दै नियमित समय दिएर रोग अनुरुपका योगासन गर्न सुझाव दिनुभयो ।योग शिविरमा भगवती मानव कल्याण संगठनकी केन्द्रिय अध्यक्ष शक्तिस्वरुपा दिदी पुशा शुक्ला ज्यू एवम् पञ्चज्योति शक्तितिर्थ सिद्धाश्रम ट्रस्टकी प्रधान न्यासी ज्योति शुक्लाज्यूले समेत सहभागिहरुलाई मार्गनिर्देशन दिनुभएको थियो ।

जेठ ३ गतेको शिविर

यस्तै भोलि विहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुनेछ । प्रातकालिन कार्यक्रममा नशामुक्त हुन देश-विदेशबाट हजारौँ मानिसहरु सहभागि हुन शिविरमा सहभागि भइसकेको आयोजकले जनाएको छ। शनिवार दिउँसो २ देखि ४ बजे सम्म शक्तिपुत्रजी महाराजको प्रवचन हुनेछ। ४ बजेदेखि ५ बजेसम्म माता भगवती आदिशक्ति जगतजननी जगदम्बाको दिव्य आरती क्रम हुनेछ । साथै शिविरमा निःशुल्क रुपमा शक्तिजल वितरण गरिनेछ । नशाको लत साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने एवम् ठुलो बिमारीमा सहायक सिद्ध हुने शक्तिजल शिविरमा निशुल्क प्राप्त गर्न सकिने आयोजकले जनाएको छ।

 

भगवती मानव कल्याण संगठन शाखा–नेपाल

मिडिया संयोजक: वि.पी. कोइराला (९८४२८५१६४०)

अस्मिता दाहाल (९८६१४९०६३४)

प्रतिक्रिया दिनुहोस्