११ बैशाख- काठमाडौं, बिहिवार नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । बुधवार ७ हजार ५ सयले सुनको भाउ घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहिवार सुनको भाउ प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार सुन प्रतितोला एक लाख ९० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेको छ । बिहिवार चाँदीको मूल्य दुईहजार १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्