कुकुरलाई रुखमा झुण्डाएर मारेको आरोपमा २ जना पक्राउ

९ बैशाख- रोल्पा, रोल्पाका दुई जनालाई प्रहरीले कुकुरलाई रुखमा झुण्डाएर मारेको आरोपमा पक्राउ गरेको छ ।

रोल्पाका २० बर्षका सुन्दर परियार र १८ बर्षका डम्बर पुनले कुकुरलाई रुखमा झुण्डाएर मारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनामा चासो दिदै संग्लग्न दुई जनालाई पक्राउ गरेको हो ।

दुवैलाई शनिबार पक्राउ गरेर पशुपन्क्षी सम्बन्धि कसुरमा ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्