७ बैशाख -विराटनगर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रममा राजावादीको आन्दोलनलाई अपराधको संज्ञा दिएका छन् ।
आइतबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तानासाहका पक्षमा नियोजित ढङ्गले हुने समाज विरोधी कार्यलाई आन्दोलन भन्न नमिल्ने र त्यो अपराध हुने बताए ।
ठूला दलहरूप्रति जनतामा घृणा नभएको उल्लेख गर्दै त्यसको तथ्य पछिल्ला स्ववियू निर्वाचनदेखि पछिल्ला जुनसुकै निर्वाचनमा आएको परिणामले नै गणतन्त्रवादी शक्तिको पछाडि जनता रहेको उनको भनाई छ ।
संविधानमा समीक्षा गर्ने आवश्यक वेला आएको बताउँदै नयाँ सांस्कृतिक क्रान्तिको आवश्यकता जानुपर्नेमा अध्यक्ष प्रचण्डले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्