२८ चैत- बाजुरा, चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ।
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका–१ तल्लोकुटी बस्ने बिरू सार्कीको घरमा बुधवार राति चट्याङ पर्दा उनकी ९ वर्षीया छोरी दृष्टि सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दृष्टिको घटनास्थलमै मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस्