सुनको हालसम्मकै उच्च मूल्य, एकैदिन पाँच हजार ७०० ले बढ्यो

२८ चैत- काठमाडौं, अघिल्लो दिनको तुलनामा नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच हजार ७०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार सुन प्रतितोला एक लाख ८१ हजार १०० कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार प्रतितोला एक लाख ७५ हजार ४०० मा कारोबार भएको थियो ।

तेस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको प्रतितोला एक हजार ८ सय ३५ रहेको थियो भने आज बिहीबार प्रतितोला एक हजार ९०० पुगेको छ । आज चाँदी ६५ रुपैँयाले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्