सरकारले माग पूरा नगरे सामूहिक गिरफ्तारी दिने जगमान गुरुङको घोषणा

२७ चैत- काठमाडौं, बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका क्रममा राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने घोषणा गरेका छन्।

गुरुङले वैशाख २१ गतेसम्म संयोजक नवराज सुवेदीमाथिको नजरबन्द हटाउन, पक्राउ परेका नेताहरू रिहाइ गर्न सरकारसँग माग गरेका छन्। यदि माग पूरा नभए आफूहरूले वैशाख २२ गतेको दिन सामूहिक गिरफ्तारी दिने बताएका छन।

उनले २१ गतेसम्म माग पूरा नभए सबैभन्दा पहिले आफूले गिरफ्तारी दिने बताए।

प्रतिक्रिया दिनुहोस्