अवैध गाई गोरु तस्करीमा संलग्न पक्राउ

२० चैत- हेटौँडा, चैत्र २० गते राति करिब ३ बजे हेटौँडा-१५ स्थित पूर्व-पश्चिम लोकमार्गको चेकपोइन्टमा शंका लागेपछि प्र.२-०३-०१ ख ३७४९ नम्बरको मिनी ट्रक रोकी जाँच गरिएको थियो। ट्रकमा कोचाकोच पारेर राखिएका गाईहरू फेला परेपछि सुरक्षाकर्मीहरूले थप सोधपुछ गरे। जाँचको क्रममा ट्रकमा साथमा रहेको भेटेरिनरी प्रमाणपत्र नेपाल पशु चिकित्सा परिषद्ले पहिल्यै निलम्बन गरिसकेको डाक्टरद्वारा जारी गरिएको खुल्यो। सशस्त्र प्रहरी बल नेपाल र पशु सेवा कार्यालय मकवानपुरको संयुक्त टोलीले गाई तस्करीको गिरोह सक्रिय रहेको पत्ता लगाउँदै १५ वटा गाई सहित मिनी ट्रक र तीन जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ परेका व्यक्तिहरूले गाईहरू कृषि प्रयोजनका लागि नवलपरासीको गैडाकोट नगरपालिकाबाट महोत्तरी जिल्लाको गौशाला लैजान लागिएको बताए। तर, प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि ट्रक, गाई, र संलग्न तीनजनालाई नियन्त्रणमा लिएको थियो ।

जाँचका क्रममा ट्रकमा लोड क्षमताभन्दा धेरै गाई राखिएको पाइएको छ। पशु ढुवान मापदण्ड २०६४ अनुसार, मिनी ट्रकमा बढीमा ९ वटा मात्र गाई राख्न मिल्ने भए पनि सो ट्रकमा १५ वटा गाई कोचिएको थियो। ट्रकमा केही गाई घाइते अवस्थामा पनि भेटिएका छन्, जसले पशु क्रूरता निवारण ऐनको उलंघन भएको उनले जानकारी दिए। गाईहरूको अमानवीय ढुवानी गरिएकाले संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाहीका लागि प्रहरीसमक्ष पठाइएको छ।

नेपालको संविधान २०७२ का अनुसार गाई गोरु तस्करीमा संलग्न व्यक्तिलाई १ वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ।

प्रतिक्रिया दिनुहोस्