पटाका कारखाना र गोदाममा आगलागी, कम्तीमा १८ जनाको मृत्यु

१९ चैत- गुजरात, भारतको गुजरात राज्यस्थित बनासकांठाको एक पटाका कारखाना र गोदाममा आगलागीको घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ।

आगलागी भएको केही घण्टा बितिसक्दा पनि भग्नावशेषबाट शव निकाल्ने काम जारी छ । एम्बुलेन्स टोली, अग्निनियन्त्रक र सरकारी अधिकारीहरू उद्धार र राहत कार्यमा संलग्न छन् ।

 

कारखानामा विस्फोट मङ्गलबार बिहान ९ः४५ बजेतिर भएको थियो । जसका कारण भवनको स्ल्याब भत्किएको थियो। त्स भवनमा काम गर्ने कामदारका परिवारहरू पनि बस्थे तेहि कारण उनीहरु स्ल्याबमुनि पुरिएका हुन् ।

मृतक र घाइते सबै कामदार मध्य प्रदेशको हरदा जिल्लाको हान्डिया गाउँका बासिन्दा हुन् । कारखानाबाट प्राप्त जानकारीअनुसार उनीहरू सबै २ दिन अघि मात्र कामको लागि त्यहाँ आएका थिए र पटाका बनाउने काम गरिरहेका थिए ।

हाल मृतकहरूको पहिचान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्