गायिका मेलिना राईले गरिन इन्गेजमेन्ट

३ माघ – काठमाडौं, चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छन्।मेलिनाले ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरेकी हुन्। यी दुईको विवाह शुक्रबार हुँदैछ।

इन्गेजमेन्टका तस्बिरहरू सार्वजनिक भएसँगै उनलाई उनका फ्यान, शुभचिन्तक एवं कलाकारहरूले बधाई दिइरहेका छन्।

काठमाडौं गोकणेश्वरको एक रिसोर्टमा विवाह समारोह राखिएको छ। परिवार, आफन्त र सीमित साथीभाइको उपस्थितिमा विवाह हुन लागेको बुझिएको छ।

 

प्रतिक्रिया दिनुहोस्