२३ चैत- काठमाडौं, नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिगबाट ९ करोड बढी कमाउन सफल भएको छ ।
क्यानको कार्यसमिति बैठकले दोस्रो संस्करणमा भएको आम्दानी र खर्चको हिसाब पारित गरेको हो । जसअनुसार क्यानले एनपीएल २ बाट ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ ५ पैसा खुद आम्दानी गरेको छ ।

जक्यानले कुल ४७ करोड ३६ लाखभन्दा बढी कुल आम्दानी गरेकामा २१ करोड ९६ लाख ५ हजार १ सय २१ रुपैयाँ प्रतियोगितामा खर्च भएको छ ।
प्रतियोगिताको कुल ग्रस रेभिन्यू ४७ करोड ३६ लाख ५५९ रुपैयाँ रहेको थियो भने खर्च कटाई कुल नाफा २५ करोड ३९ लाख ९५ हजार ४३५ रुपैयाँ भएको थियो।
उक्त नाफाबाट ५० प्रतिशत अर्थात् १६ करोड १८ लाख ७३ हजार ५०० रुपैयाँ ८ वटा फ्रेन्चाइज टोलीहरूलाई बाँडफाँड गरी बाँकी रकम क्यानको भागमा परेको हो।
प्रतिक्रिया दिनुहोस्