२२ चैत-काठमाडौं, साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा बन्द भएको हो, जुन ११५ कारोबार दिनपछि १०० अंकभन्दा बढीको गिरावट हो ।
यसअघि गत असोज २ गते नेप्से १६०.३३ अंकले घटेको थियो । त्यसपछि आज पहिलो पटक पुनः तीन अंकको गिरावट देखिएको हो । यद्यपि, यसबीच नेप्से दुई पटक १०० अंकभन्दा बढीले बढेको पनि थियो ।

यस दिन सेन्सेटिभ इन्डेक्स १५.६२ अंकले घट्दा फ्लोट इन्डेक्स ७.४१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ५.६६ अंकले ओरालो लागेको छ । नेप्सेमा उच्च गिरावट आए पनि कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ । अघिल्लो कारोबार दिन ८ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ३४५ वटा कम्पनीका १ लाख ४१ हजार ३६ पटकका कारोबारबाट १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । यस दिन ३ करोड १२ लाख कित्ता शेयर कारोबार भएको हो ।
प्रतिक्रिया दिनुहोस्