३ भदौ- झापा, आज मंगलबार बिहान ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु भएको छ भने पति घाइते भएका छन्। घटना दमक नगरपालिका-७ पशुडाँडामा भएको हो ।
झापा जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोपी बोकेको ट्रक ९प्र१–०२–००२ ख ०९१२० ले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

मोटरसाइकल पछाडि बसेकी कमल गाउँपालिका-५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो भने मोटरसाइकल चालक उनका श्रीमान् ४३ वर्षीय सुकदेव गौतम सामान्य घाइते भएका हुन।
उनको बाँया खुट्टामा चोट लागेको र अहिले दमक अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने ट्रकका चालक तेह्रथुमको लालीगुँरास नगरपालिका-४ का २५ वर्षीय आङदावा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस्